कर्णाली प्रदेश प्रहरी प्रमुखको निर्देशन : विपत् न्यूनीकरण र नागरिकमैत्री सेवामा जोड

कर्णाली प्रदेश प्रहरी प्रमुखको निर्देशन : विपत् न्यूनीकरण र नागरिकमैत्री सेवामा जोड

सुर्खेत । कर्णाली प्रदेश प्रहरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठले विपतबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभएको छ।

रुकुम पश्चिमको निरीक्षण तथा अनुगमनका क्रममा डिआईजी श्रेष्ठले प्राकृतिक तथा मानवजन्य विपतबाट हुने क्षति कम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपतले धनजनको क्षति पुर्‍याएको स्मरण गराउँदै उहाँले पूर्वतयारीका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले नागरिकमैत्री र गुनासोरहित सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो।डिआईजी श्रेष्ठले प्रहरी सेवालाई उच्च व्यवसायिक बनाउन, शान्ति, सुरक्षा र न्यायप्रति जनताको भरोसा कायम राख्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो।

निरीक्षणका क्रममा उहाँले थुनुवाहरूको अवस्था र विभिन्न शाखाबाट सम्पादित कार्यहरूको अनुगमन गर्नुभएको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिनुभयो। अनुगमनमा देखिएका कमी–कमजोरी सुधार गर्नसमेत डिआईजी श्रेष्ठले निर्देशन दिनुभएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार