बराहताल गाउँपालिकाको बजेट ६३ करोड

बराहताल गाउँपालिकाको बजेट ६३ करोड

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष का लागि ६३ करोड ७ लाख ४८ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

मंगलबार गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीको अध्यक्षतामा बसेको १७ औँ गाउँ सभाको पहिलो बैठकमा उपाध्यक्ष लक्ष्मी पुन मगरले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार