विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि नेविसंघले गरायो सिडिओको ध्यानाकर्षण

विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि नेविसंघले गरायो सिडिओको ध्यानाकर्षण

मुसिकोट । नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेको विद्यार्थी संघको एक टोलीले विपद् प्रतिकार्यका लागि ध्यानाकर्षण गराउँदै विभिन्न माग र सुझावहरु समेत पेश गरेको छ ।

नेवि संघका जिल्ला अध्यक्ष हेमराज केसी लगायतले टोलीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रका भूकम्पले कमजोर बनेको भूगोल बाढी पहिरोको उच्च जोखिममा रहेकोले त्यसबाट हुनसक्ने सम्भावित क्षति रोक्न समयमै सतर्कताका कार्यहरु सञ्चालन गर्न माग गरिएको छ ।

पहिरो र बाढीका कारण हरेक वर्ष जनधनको क्षति, यातायात अवरोध, शैक्षिक गतिविधिमा असर, स्वास्थ्य सेवा प्रभावित हुनेजस्ता समस्याहरू देखिँदै आएकोले समस्याको समयमै न्यूनीकरण गर्न र प्रभावकारी पूर्वतयारी एवं प्रतिकार्यका लागि विभिन्न माग र सुझावसहित ध्यानाकर्षण पत्र बुझाईएाको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

ध्यानाकर्षणसहितको माग तथा सुझाव पत्रमा शैक्षिक क्षेत्रको संरक्षण, सूचना प्रवाह तथा सचेतना संयन्त्रको प्रभावकारीता, यातायात तथा पूर्वाधारका क्षेत्रमा सतर्कता, स्वास्थ्य सेवामा तयारीको बारेमा माग र सुझाव उल्लेख गरिएको छ । यसका साथै जनशक्ति र औषधि व्यवस्थापन, आपतकालीन सेवा र समन्वय संयन्त्र, राहतको सामाग्रीको पूर्व व्यवस्था र विशेष वर्गका लागि बिशेष ध्यान दिन अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जीसीले समय सान्दर्भिक र रचनात्मक सुझाव प्राप्त भएको बताउनुभयो । उहाँले विपद् प्रतिकार्यका लागि सबै तह र क्षेत्रबाट हातेमालो र एकता आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार