सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा ओली चयन हुनुभएको छ ।
शनिबार बीरेन्द्रनगरमा सम्पन्न भएको संघको सातौ वार्षिक साधारण सभाबाट माया थकाली रेस्टुरेन्ट क्याफेकी सञ्चालक ओलीको नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सुमन कार्की, प्रथम उपाध्यक्षमा धन बहादुर खड्का, द्वितीय उपाध्यक्षमा हंस बहादुर खडका, महासचिवमा नन्दराम उपाध्याय, सचिवमा जग बहादुर बोहरा र कोषाध्यक्षमा सविता ढकाल सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार सदस्यहरुमा रवी पुरी, शंकर भटराई, प्रेम कार्की र खगेन्द्र अधिकारी चयन हुनुभएको छ ।