मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सोमबार वडा भरका ज्येष्ठ नागरिकलाई वडा कार्यालयमा एक कार्यक्रमका बिच सम्मान गर्नुका साथै छाता उपहार दिएको हो ।
वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार वडाका ७० बर्ष माथीका १ सय ५९ जना जेष्ठ नागरिकला छाता वितरण गरिएको हो ।
उहाँका अनुसार प्रत्येक जेष्ठ नागरिकलाई १/१ वटाका दरले छाता उपलब्ध गराइएको छ ।