विषालु च्याउ खाँदा ३ जना बिरामी

विषालु च्याउ खाँदा ३ जना बिरामी

जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।

बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।

सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्रि पन्तले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए ।

बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार