नेपाली कांग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु

नेपाली कांग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु

हुम्ला । नेपाली कांग्रेस जिल्ला कार्य समिति हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ।

जिल्ला विकास समिति हुम्लाको सभाहलमा सुरु भएको सम्मेलनको उद्घाटन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो।

सम्मेलनमा पार्टी सचिव तथा कर्णाली प्रदेश जलस्रोत र ऊर्जा विकास मन्त्री विजया बुढा, पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरू, क्षेत्रीय सभापति एवम् पदाधिकारी सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, पालिका सभापति, वडा सभापति, शुभेच्छुक संस्थाका प्रमुख साथै क्रियाशील सदस्य लगायतको सहभागिता रहेको छ।

सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गर्ने जिल्ला सभापति मोहनविक्रम सिंहले जानकारी दिनुभयो ।

जिल्ला सम्मेलन आजै सकिने नेपाली कांग्रेस हुम्लाले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार