काठमाडौँ । सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रुकुम पूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिहरूले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले अर्को पेसी साउन २० गतेका लागि तोकेको छ ।