मौलिकता बोकेको तिज गित ‘नाचम बरीलै’ सार्वजनिक (भिडियोसहित)

मौलिकता बोकेको तिज गित ‘नाचम बरीलै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक छाएको छ । यही भिडमा एक मौलिक र सन्देशमूलक सांगीतिक कोसेली थपिएको छ । सर्जक तथा गीतकार प्रेम संगमले चेलीको वास्तविक मनोभावना र मौलिक भाकालाई केन्द्रमा राखेर तयार पारेको ‘नाचम बरिलै’ बोलको अडियो भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय तीज गीतहरूमा मौलिकताभन्दा भड्किलोपन हाबी भएको गुनासो बढिरहेका बेला, यो गीतले एक फरक र शक्तिशाली सन्देश दिएको छ । प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत आज (शुक्रबार) सार्वजनिक गरिएको यो गीतमा नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख, संघर्ष र माइतीप्रतिको अगाध प्रेमको कलात्मक प्रस्तुत गरिएको छ ।

गीतकार प्रेम संगमको मार्मिक शब्द रचनामा सजिएको यो गीतमा संगीतकर्मी राजकुमार बगरले लय सिर्जना गर्नुभएको गितको संगीत संयोजनको रमेश सेन्चुरीले गर्नुभएको छ भने अहिलेका चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । 

गीतकार प्रेम संगमका अनुसार, ‘नाचम बरिलै’ केवल तीजको मनोरञ्जनका लागि मात्र नभई, यो नेपाली हिन्दू महिलाको भोगाइ, पीडा र मनको आवाज समेटिएको एक सांगीतिक दस्तावेज हो । उहाँले भन्नुभयो, “यो गीत तथा भिडियोमार्फत हामीले माइतीप्रतिको आत्मीयता, समाजमा चेलीको स्थान र तीजको वास्तविक मर्मलाई उजागर गर्ने प्रयास गरेका छौं ।” यसअघि ‘निदाउन सक्दिन’ र ‘तिमी त दुश्मन बनेर गयौ’ जस्ता सफल गीत बजारमा ल्याइसक्नुभएका संगमको यो सिर्जनाले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

Rachana Rimal New Teej Song 2082 | Nacham barilai (नाचम बरिलै) | laxmi Giri | Prem Sangam ||

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार