लिजाको मूल्यांकनमा चौरजहारी नगरपालिका जिल्लामै प्रथम

लिजाको मूल्यांकनमा चौरजहारी नगरपालिका जिल्लामै प्रथम

मुसिकोट । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका  जिल्लामै प्रथम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणसहितको अन्तिम नतिजाअनुसार उत्कृष्ट अंक ल्याई चौरजहारी नगरपालिका जिल्लामै प्रथम भएको हो ।

जिल्लामा ६ स्थानीय तह रहेकामा चौरजहारी नगरपालिकाले ८४ अंक ल्याई प्रथम भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा अनुसार चौरजहारी नगरपालिका कर्णाली प्रदेशमा तेस्रो भएको छ ।

त्यसैगरी जिल्लाको आठबिसकोट नगरपालिकाले ८३, त्रिवेणी गाउँपालिकाले ८२.७५, सानीभेरी गाउँपालिकाले ७६.७५ र बाँफिकोट गाउँपालिकाले ७१.५० अंक कायम गरेको मन्त्रालयले सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार