जेनजी आन्दोलन : साउदी उड्न लागेका अभिषेक म्यानपावर कम्पनीलाई पैसा बुझाउन जाँदा सदाका लागि ढले

जेनजी आन्दोलन : साउदी उड्न लागेका अभिषेक म्यानपावर कम्पनीलाई पैसा बुझाउन जाँदा सदाका लागि ढले

इटहरीमा भएको आन्दोलनका क्रममा मृत्यु भएका एक जनाको पहिचान खुलेको छ । अर्का एक जनाको भने अझै पहिचान खुल्न सकेको छैन ।

इटहरी उप महानगरपालिका अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु हुनेमा राम धुनी नगरपालिका तितृवन घर भएका इटहरीमा बस्दै आएका अभिषेक श्रेष्ठ रहेका छन् । उनी इटहरीको एउटा होटलमा काम गर्दै आएका थिए ।

पेशाले फोटो ग्राफर रहेका उनी होटलमा आउने ग्राहकहरुको फोटो खिच्ने काम गर्थे । उनका बुबा प्रदीप श्रेष्ठ वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । उनी केही महिना अघि मात्रै वैदेशिक रोजगारीमा गएका थिए ।

मृतक अभिशेकका एक भाइ र बहिनी रहेका छन् । उनी आफै पनि वैदेशिक रोजगारीका लागि साउदी अरेबिया उड्न लागेका थिए । मृतकका ठुलो बुबा टिका श्रेष्ठले यही हप्ता भतिज विदेश उड्ने तयारीमा रहेको बताए ।

उनले भने, ‘कसरी र के कारणले भतिजोको हत्या गरियो मैले बुझ्न सकेको छैन ।’ उनले आन्दोलन चलिरहँदा उनी उनी म्यानपावर कम्पनीलाई बुझाउनु पर्ने पैसा बुझाउन गएको बताए ।

उनले भने, ‘भतिजोको अनुहारमा गोली लागेको छ । ताकेर किन टाउकोमा गोली हानिया ? यसको दोषी को ?’ मृतकका मामा कृष श्रेष्ठले भान्जाको दुई दिन पछि वैदेशिक रोजगारीका लागि टिकटसमेत भएका बताएका छन् । मृतक श्रेष्ठले हिजो बिहान मात्रै भ्रष्टाचार विरुद्धको आन्दोलनको पोस्टर आफ्नो फेसबुक पेजबाट सेयर गरेका थिए । नेपाल प्रेसबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार