काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को मौका (पूरक) परीक्षा स्थगित गरेको छ।
बोर्डले आज सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षा तालिकानुसार यही भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका स्थगित गरिएको जनाएको हो।
बोर्डले परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने बोर्डले जनाएको छ।