मनसुनजन्य सम्भावित विपद्‌मा सतर्कता अपनाउन रुकुम (पश्चिम) प्रशासनको अनुरोध

मनसुनजन्य सम्भावित विपद्‌मा सतर्कता अपनाउन रुकुम (पश्चिम) प्रशासनको अनुरोध

काठमाडौँ । भारी वर्षाको सम्भावनाका कारण मनसुनजन्य सम्भावित विपद्‌बाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय रुकुुम पश्चिमले सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार असोज १८, १९ र २० गते देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा भू–क्षयजस्ता विपद्का जोखिम बढ्न सक्ने भएकोले उच्च सजगता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

शनिबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले सूचना जारी गर्दै निम्न अनुसारका सावधानी अपनाउन अनुरोध गरेका छन्।

१. उल्लेखित समयमा अत्यन्त जरूरी काम विना घरदेखि टाढा र रातको समयमा यात्रा नगर्नुहुन । यात्रा गर्नुपर्दा सतर्कता अपनाउनुहुन र सुरक्षित रुपमा आफू बसोवास गरिरहेको स्थानमा बस्नुहुन ।

२. बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा उच्च सतर्कता अपनाउनुहुन। नदी तथा खोला किनाराका बासिन्दाहरू बाढीको उच्च वहाव हुन लागेमा सो स्थान छाडी सुरक्षित स्थानमा बस्नुहुन, यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुहुन ।

३. जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले आपतकालीन अवस्थामा उपयोग गर्नका लागि आवश्यक पर्ने सामाग्री, औषधी, महत्त्वपूर्ण कागजात सहितको झटपट झोला तयार गरी राख्नुहुन।

४. जिल्लाभित्रका राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारी साधनलाई संयमतापूर्वक सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन र सुरक्षित यात्राको लागि सतर्कता अपनाउन यातायात व्यवसायीले सवारीचालक र सहचालकलाई सचेत गराउनुहुन।

५. जिल्लास्थित सबै सुरक्षा निकाय, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, अन्य साझेदार संस्था, नागरिक समाज, निजी क्षेत्र तथा सरोकारवाला निकायहरू विपद् पूर्वतयारीमा जुट्नुहुन र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुहुन ।

६. कुनै विपद्मन्य घटना भएमा सम्बन्धित स्थानीय तह, नजीकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासन र देहायका सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराउनुहुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार