विपदमा कांग्रेसले स्वयंसेवक समूहमार्फत् काम गर्ने

विपदमा कांग्रेसले स्वयंसेवक समूहमार्फत् काम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले विपदमा स्वयंसेवी समूहमार्फत् काम गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ बसेको थियो। सोही बैठकले भ्रातृ संस्थामा आबद्ध युवाहरूलाई ‘स्वयंसेवक समूह’ मार्फत विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको जनाएको हो।

‘ठाउँ-ठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेका छन्, थप सक्रियताका लागि नेपाली कांग्रेस अपील गर्दछ,’ कांग्रेसको जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै कांग्रेसले भारी वर्षा र पहिरोका कारण इलामसहित रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

विपद् व्यवस्थापनमा सबै राजनीतिक दल, भ्रातृ संस्थाहरू, जनप्रतिनिधि र स्वयंसेवक एकजुट भएर उद्धार, राहत र पुनःस्थापनामा सक्रिय भूमिका खेल्नुपर्नेमा पार्टीले जोड दिएको छ।

कांग्रेसले थप क्षति रोक्न राज्यका संयन्त्र, स्थानीय निकाय र स्वयंसेवकलाई उच्च सतर्कताका साथ काम गर्न विशेष अपील गरेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार