डिआइजीको सरुवा

डिआइजीको सरुवा

काठमाडौँ। नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डिआइजी) हरूको सरुवा भएको छ ।

गृहमन्त्री स्तरीय निर्णयबाट आज शुक्रबार तीन डिआइजीको सरुवा भएको हो ।

सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत रहेका गोविन्द थपलियाको मधेश प्रदेशमा , काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा र केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार