काठमाडौं । ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको भन्दै एक कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरपालिकाले एग्रो थाई फुड प्राइभेट लिमिटेडलाई आइतबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
सो कम्पनीबाट उत्पादित इनर्जी ड्रिङ्कको विज्ञापनको पर्चा सडक किनारको पोलमा टाँसिएको थियो ।
ललितपुर महानगरपालिकाले जरिबानासहित काटेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ लेखिएको छ ।