मुसिकोट । रुकुम पश्चिमको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्यसहित शेरिगाउँमा ‘होटेल श्री’ सञ्चालनमा आएको छ।
करिब १ करोड रुपैयाँभन्दा बढीको लगानीमा तयार पारिएको यो होटल युवा व्यवसायी मनोज खड्काले सञ्चालनमा ल्याउनुभएको हो। उहाँका अनुसार होटलमा स्विमिङ पुलसहित जिल्लामै पहिलोपटक आधुनिक र स्तरीय सुविधाहरू उपलब्ध गराइएको छ।
होटल उद्घाटन आज मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले गर्नुभयो। उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी लगायतको उपस्थिति थियो।
हाेटल सञ्चालक खड्काका अनुसार स्वागत–सत्कार, व्यवस्थापन र समग्र हस्पिटालिटीमा विशेष ध्यान दिइएको छ।
रुकुम पश्चिम हुँदै डोल्पाको शे–फोक्सुन्डो जान चाहने धेरै पर्यटक मुसिकोटबाट ट्रान्जिट हुन्छन्। यो सम्भावनालाई मनन गर्दै होटलले आगन्तुकलाई सहज र सुलभ सेवा दिन लक्ष्य राखेको खड्काले बताउनुभयो।
होटल मुसिकोट नगर कार्यपालिकाको कार्यालयभन्दा माथिल्लो भाग शेरिगाउँमा अवस्थित छ।

