सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । मंगलबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
सदस्यसचिवको पद रिक्त भएको ११ महिनापछि खेलकुद विकास परिषद्को सदस्यसचिवका निम्ति दरखास्त आह्वान गरेको छ । सदस्यसचिवका लागि योग्यता पुगेका इच्छुक नेपालीले १५ दिनभित्र दरखास्त पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ बमोजिम सूचना जारी गरिएको र सोही ऐनको प्रावधानअनुसार दरखास्त प्राप्त भएपछि प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
यसअघि प्रदेश सरकारले सदस्यसचिवका रूपमा १०औं तहका कर्मचारीलाई नियुक्त गरेको थियो । तर यो निर्णय अदालतले बदर गरेको थियो ।


