दुर्गा प्रसाईंले सरकारसमक्ष राखे माग

दुर्गा प्रसाईंले सरकारसमक्ष राखे माग

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए ।

सो क्रममा उनले आफ्ना माग प्रस्तुत गरेका छन् ।

स्रोतका अनुसार, प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताए ।

गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार