चन्दको नेतृत्वमा नेपाली कांग्रेस रुकुम पश्चिम-काठमाडौं सम्पर्क समिति

चन्दको नेतृत्वमा नेपाली कांग्रेस रुकुम पश्चिम-काठमाडौं सम्पर्क समिति

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिम – काठमाडौं सम्पर्क समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिब मनोनित गरिएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले जिल्लाको बाँफिकोट गाउँपालिका -४ छिनखेत निवासी गणेश कुमार चन्दलाई समितिको अध्यक्ष पदमा मनोनित गरिएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको विधान, २०१७, संशोधित २०४६ को धारा ४१ एवम नोपली कांग्रेसको नियामावली २०७६, को दफा ५१ को उपदफा ६ बमोजिम चन्दलाई रुकुम पश्चिम – काठमाडौं सम्पर्क समितिको अध्यक्ष पदमा मनोनित गरिएको जनाइएको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा मुसिकोट नगरपालिका -५ निवासी रबि प्रकाश मल्ल, सचिवमा चौरजहारी नगरपालिका -१ निवासी चिरञ्जिवी गिरी र सहसचिबमा मुसिकोट नगरपालिका-३ निवासी हेमराज बिकलाई मनोनित गरिएको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार