सिर्जनाले फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

सिर्जनाले फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् ।

सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत सूचीबाट नाम फिर्ता लिइसकेको बताएकी छन् ।

समानुपातिक बन्दसूचीमा नाम रहेको विषयमा प्रस्ट्याउँदै उनले लेखेकी छन्, ‘…तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो ।’

सिर्जनाले नाम फिर्ता लिएसँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ८ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, प्राध्यापक महेन्द्र लावती, मिलन लिम्बु र अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार