साझा मुराल हस्पिटलमा हाड–जोर्नी स्वास्थ्य शिविर हुँदै

साझा मुराल हस्पिटलमा हाड–जोर्नी स्वास्थ्य शिविर हुँदै

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट  खलंगामा रहेको साझा मुराल हस्पिटल प्रा.लि. एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ ।

स्थानीयलाई हाड, जोर्नी तथा नशा सम्बन्धीको बिरामीहरुको लागि विशेषज्ञसहितको सेवा दिन अस्पतालले पुस २५ गते शिविर आयोजना गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. दिपक पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक दिने शिविरमा लामो समय जिल्ला अस्पताल सल्लेमा कार्यरत रहि हाल प्रदेश अस्पताल सुर्खेतमा कार्यरत हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुशील पोखरेल लगायतको टोली आउने छ ।  हाड, जोर्नी तथा नसा रोगसम्बन्धी समस्या लिएर उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई ध्यानमा राख्दै यो शिविर आयोजना गर्न लागिएको डा. पुनले जानकारी दिनुभयो ।

शिविरमा हातखुट्टा भाँचिएको, नसा च्यापिएको, लामो समयदेखि हातखुट्टा दुख्ने, बाथरोग, युरिक एसिड बढेका बिरामी, घुँडा, ढाड र कम्मर दुख्ने, चोटपटकका कारण उत्पन्न समस्या तथा अन्य हाड–जोर्नी र नसा रोगसम्बन्धी समस्याको विशेषज्ञद्वारा प्रत्यक्ष जाँच, परामर्श तथा आवश्यक उपचार गरिने साझा मुराल हस्पिटलले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार