नेपाली कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

नेपाली कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

काठमाडौँ । नेपाली कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।

उनीहरूले अहिले आमचुनावको तयारीमा जुट्नुपर्नेमा छन्।

सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशन पक्षमा नखुलेका हुन्।

उनीहरूले वैशाखमा १५ औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन्।

संस्थापन पक्षका अधिकांश नेताहरूको विरोधबीच भोलि र पर्सी काठमाडौंमा विशेष महाधिवेशन हुँदैछ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बाध्यकारी भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।

विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने दाबी गरेको छ।

सभापति शेरबहादुर देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि आजदेखि विशेष महाधिवेशन पक्षमा खुलेका छन्।

यस्तो छ विज्ञप्ति;

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार