रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह

रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह

काठमाडौं । रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मनमोहन शाहको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

नवगठित कार्यसमितिको बरिष्ठ उपसभापतिमा ललित बिष्ट चयन भएका छन्। त्यसैगरी उपसभापतिमा तिलक भण्डारी र घनश्याम खड्का मगर चयन भएका छन्। महासचिवमा उमेश खड्का, सचिवमा दिपेश ओली र विजय ओली, कोषाध्यक्षमा पम्फा ओली खड्का तथा सह–कोषाध्यक्षमा प्रबिन खत्री चयन भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा तिलक पुन मगर, शेखर बटाल, ठगेन्द्र खड्का, दिनेश केसी, कमल खत्री, ध्रुबराज कुसारी, हरिजङ्ग बिष्ट, भाला कुसारी, मोतिराम कुसारी, आदित्य केसी, गङ्गाराम खत्री, लालबहादुर कुसारी, ध्रुब पुन मगर र भुपाल कुसारी चयन भएकाे जनाइएको छ ।

अधिवेशनले क्यालिफोर्नियामा रहेका रुकुमेलीहरूलाई संगठित गर्दै आपसी सहकार्य, सामाजिक एकता तथा संस्थागत गतिविधिलाई थप सशक्त बनाउने उद्देश्य लिएको जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार