मुसिकाेट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ हाईबाङमा शुक्रबार बिहान खेल्दा रुखले च्यापिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार, झुलनेटा–खुम्चेरी जोड्ने निर्माणाधीन सडक खण्डमा सडक निर्माणका क्रममा ढालिएको रुखमा खेल्दै गर्दा लोकबहादुर ओलीका छोरा मनोज ओली गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक विजय ओलीको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो। रुख काटेर सडक छेउमा राख्ने स्काईभेटर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी छ।

