मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’ सुरु

मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’ सुरु

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय चौथो  ‘मेयर कप’ आजबाट सुरु भएको छ ।

मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पशुपति मावि रातामाटामा सुरु भएको हो ।

प्रतियोगितामा विभिन्न २४ वटा विधामा प्रतिस्पर्धा हुने चौथो मेयर कप प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा नगरपालिकाका कुल ६५ मध्ये ४९ वटा विद्यालयको सहभागिता रहेका छन् ।

प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर केसी, वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, वडा नम्बर ३ का अध्यक्ष दशरथ केसी, पशुपति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खड्का, विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा  सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप-समितिका सदस्य विमलकुमार शर्माले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार