काठमाडौं । आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा सुन ताेलामा ९ हजार ५ सयले घटेकाे छ । यस्तै, चाँदीकाे मूल्य ६ सय २० रुपैँयाले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० मा कायम भएकाे छ । चाँदीको मूल्य प्रति ताेला ४ हजार ९८० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल ५ हजार ३३५ कारोबार भएको थियो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ

