मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१०, घारीखोला स्थायी घर भई हाल रोजगारीको सिलसिलामा अमेरिका रहेका समाजसेवी विनोद केसीले बुद्धभूमि मानव सेवा आश्रम लाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन्।
जन्मदिनको अवसर पारेर केसीले सल्लेमा रहेको आश्रमलाई करिब १० हजार रुपैयाँ बराबरको तीन बोरा चामल, दाल, तेल, फलफूललगायतका खाद्यान्न सामग्री तथा ५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन्।
सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरको रूपमा पनि परिचित केसीले आफ्ना बुवा केशर बहादुर खत्री र आमा गीता कुमारी खत्रीको हातबाट आश्रमलाई सहयोग हस्तान्तरण गरेका हुन्।
केसीले जन्मदिनमा गरिने अनावश्यक फजुल खर्च सामाजिक कार्यमा लगाउँदा आत्मसन्तुष्टि मिल्ने भएकाले आश्रमलाई सानो भए पनि सहयोग गरेको बताए।
“खुसी मनाउनकै लागि खर्च गर्नु भन्दा कसैको जीवनमा सानो भए पनि राहत पुर्याउन पाउँदा मन हलुका हुन्छ,” उनले बताए।
यसअघि पनि केसीले गरिब, असहाय, दीनदुःखी तथा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई आर्थिक सहयोग गर्दै आएका छन्। आगामी दिनमा समेत समाजसेवाका कार्यलाई निरन्तरता दिने उनको भनाइ छ।
जन्मदिनको अवसरमा खाद्यान्न तथा नगद सहयोग

