रुकुम पश्चिममा निर्वाचन लक्षित बजार अनुगमन

रुकुम पश्चिममा निर्वाचन लक्षित बजार अनुगमन

मुसिकोट । रुकुम पश्चिम निर्वाचन लक्षित बजार अनुगमन गरिएको छ ।

शुक्रबार जिल्ला सुरक्षा समिति र निर्वाचन आचारसंहिता अगुनगमन समितिले निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर मुसिकोटको खलंगा, बागबजार र पातुखोला बजार क्षेत्रमा रहेका फेन्सी पसलहरुमा अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अगुनगमन अधिकृत केशव प्रसाद ओलीले होली पर्वमा निर्वाचन आचारसंहिताले बन्देज गरेका वस्तुहरुमो बिक्री हुन नदिने उद्देश्यले बजार अनुगमन गरिएको बताउनुभयो । टोलीले एक दर्जन बढी पसलहरुको अनुगमन गरेको हो ।

उहाँका अनुसार अनुगमनका क्रममा बजारमा बिक्री गर्न राखिएका दलका झन्डा, उम्मेदवारको फोटो तथा निर्वाचन चिन्ह अङ्कित टिसर्टहरू हटाइएको छ । निर्वाचन आचारसंहिता अनुसार त्यस्ता टिसर्ट लगाउन नपाइने भएकोले उक्त सामग्री हटाइएको हो ।

बिक्रीका लागि पसलमा झुन्ड्याइएका टिसर्ट हटाउनुका साथै पसल भित्र राखिएका टिसर्ट बिक्री नगर्न व्यवसायीहरूलाई निर्देशन गरिएको ओलीले जनाउनुभयो । निर्वाचन आचारसंहिता विपरीत त्यस्ता सामग्री बिक्री भएको पाइएमा बिक्री गर्ने र प्रयोग गर्ने दुबैलाई कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार