सेवाभाव र विकासका अनुभवी राजु केसी

सेवाभाव र विकासका अनुभवी राजु केसी

यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिमममा प्रत्यक्ष तर्फका उम्मेदवार रहनुभएका राजु केसी २०३८ सालमा रुकुमको खलंगामा जन्मिनुभएको हो । सरल व्यवहार, मिलनसार स्वभावका राजु केसी सफल व्यवसायी हुँदै यसपटक संसद् छिर्ने दाउमा हुनुहुन्छ ।

२०५२ सालमा बालकुमारी माध्यमिक विद्यालय काठमाडौँबाट एसएलसी उत्तीर्ण गर्नुभएका केसी २०५७ सालमा आरआर क्याम्पस पढ्दै गर्दा नेविसंघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । त्यसको एक वर्षपछि उहाँले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिनुभएको थियो ।

केसी कांग्रेसको विदेश विभाग अन्तर्गत जनसम्पर्क विभागको केन्द्रीय सदस्यको भूमिकामा हुनुहुन्छ । २०५९ सालमा उहाँले काठमाडौँमा राप्ती भेरी गेस्ट हाउस सञ्चालन गर्नुभएको थियो । २०६० सालमा गंगा यातायात प्रालिको सुरुवात गरेर उहाँले रुकुममा पहिलो पटक गाडी भित्र्याउनुभएको हो ।

केसीकै नेतृत्वमा २०६२ सालमा रुकुममा सहकारीको सुरुवात भएको थियो । त्यसको एक वर्षपछि २०६३ सालमा दाङमा सहयोगी बचत तथा ऋण सहकारी स्थापना गर्नुभयो । यी दुवै सहकारीमार्फत उहाँले रोजगारी र आयआर्जनमा धेरैलाई जोडिरहनुभएको छ। काठमाडौंमा स्कुल, रेस्टुरेन्ट लगायतका व्यवसायमा पनि उहाँको लगानी छ ।

कोरोना महामारीको समयमा केसीले जिल्लामा करिब २० लाख बराबरका स्वास्थ्य सामग्री पठाएर मानवीय सेवा गर्नुभएको थियो । यसका साथै हालै उहाँले रुकुमका प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । जुन कार्यले जिल्लामा उहाँको सहयोगी र उदार भावनालाई थप उचाई दिएको छ ।

उहाँसँग अमेरिका, सिंगापुर, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायतका देशमा पुगेर विभिन्न विकास तथा व्यावसायिक ज्ञान हाँसिल गरेको अनुभव पनि छ । आफूले व्यवसायमा प्राप्त गरेको सफलतालाई राजनीति मार्फत देश विकासमा लगाउने उद्देश्य रहेको उहाँ सुनाउँनुहुन्छ। यसैलाई उहाँले जितको प्रमुख आधार मान्नुभएको छ ।

सफल उद्यमी र रोजगारी सृजनाको छवि, मानवीय सेवा र संकटको साथी र राजनीतिक निष्ठाको कारण राजु केसी यस पटक निर्वाचनबाट विजयी हुनेमा ढुक्क हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार