रास्वपा नेता चन्दको ठोकुवा: कर्णालीमा विशेष विकास कार्यक्रम अघि सारिने

रास्वपा नेता चन्दको ठोकुवा: कर्णालीमा विशेष विकास कार्यक्रम अघि सारिने

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि जारी मतगणना र परिणामलाई लिएर रास्वपा कर्णालीका नेता पुस्तक चन्दले कर्णालीको दिगो विकासका लागि विशेष कार्यक्रम अघि सार्ने बताएका छन्।

नेता चन्दले देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनमत बढ्दै गएको भन्दै कर्णालीको समृद्धिका लागि विकास योजना प्राथमिकतामा राख्ने योजना सार्वजनिक गरेका हुन्।

आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कर्णालीको भौगोलिक विकटतालाई ध्यानमा राखेर आगामी दिनमा विशेष कार्यक्रम ल्याउने बताएका छन्।

उनले आफ्नो पार्टीले कर्णालीमा अपेक्षित जनमत प्राप्त गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै देशैभरको मत परिणामले उत्साहित भएको उल्लेख गरेका छन्।

साथै, आगामी दिनमा आफ्नो पार्टीको सरकारले कर्णालीको समृद्धि र विकासका लागि विशेष खालका कार्यक्रम अगाडि सार्ने ठोकुवा पनि नेता चन्दले गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार