सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ। लामाे समयसम्म एक्लै रहेका मुख्यमन्त्री शाहीले भदाै ३ गते सत्ता साझेदार दल नेकपा एमालेबाट ३ जना मन्त्री नियुक्त गरेका थिए।
यद्यपि अझै सरकारले पूर्णता भने पाउन सकेको छैन। ४ सदस्यीय मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको अर्थमन्त्री टेकराज पछाइँले बताए।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णयहरू
१)सरुवा भई आउनुभएका नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणी सहसचिब श्री रमेश के.सी.लाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय अन्तर्गत शान्ति सुरक्षा विपद् व्यवस्थापन र सूचना प्रविधि क्षेत्र हेर्ने प्रदेश सचिव पदमा खटाउने निर्णय गरियो ।
(२) कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक कर्णाली प्रदेश सभामा पेस गर्नको लागी स्वीकृति प्रदान गर्ने ।
(३) २०८३ साउन १ गते देखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत सङ्घीय सरकारको दरबन्दीका कर्मचारीहरू र प्रदेश र स्थानीय तहका र करार कर्मचारीहरूको नयाँ तलबमान कायम गर्ने।

