महिलामाथि दुर्व्यवहार गर्ने पाथिभरा माता पुर्पक्षका लागि कारागार चलान

महिलामाथि दुर्व्यवहार गर्ने पाथिभरा माता पुर्पक्षका लागि कारागार चलान

सुर्खेतमा पाथिभरा माता बनेर झारफूक गर्दै आएका एक युवक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समिर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

थापाले लामो समयदेखि माता भन्दै झारफूक गर्दै आएका थिए। केही समयअघि उनले एक महिलालाई गालीगलौज तथा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई साउन १३ गते पक्राउ गरेको थियो।

न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा साउन ८ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई थुनामा राख्ने र अर्का व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार