नेपाली कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता

नेपाली कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता

काठमाडौ । नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारीको वरीयता तोकेको छ।

पहिलो वरीयतामा सभापति गगन थापा छन्। त्यसपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा छन्।

उपसभापतिमा क्रमशस् पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरीको वरीयता छ।

महामन्त्रीमा क्रमश : प्रदीप पौडेल, डिला संग्रौला पन्त र उदय शमशेर राणाको वरीयता छ ।

११ जना सहमहामन्त्रीको पनि वरीयता तोकिएको नेताहरूले जनाएका छन् ।

जसअनुसार बहादुर सिंह लामा तामाङ, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आंगेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मनोजमणि आचार्य, मो. फिर्तोष आलमको वरीयता तोकिएको छ।

सभापति थापाले चार जना सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। कांग्रेस केन्द्रीय कार्यसमितिमा २९७ सदस्य रहनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार