चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी मानबहादुर चदारा पक्राउ

चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी मानबहादुर चदारा पक्राउ

मुसिकोट । रुकुम पश्चिममा चोरी तथा डाँका मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका–८ चुर्तिपाखाका ३७ वर्षीय मानबहादुर चदारालाई प्रहरीले बिहीबार दिउँसो आठबिसकोट नगरपालिका–८ घुतीपाखाबाट पक्राउ गरेको हो । उनी आठबिसकोट नगरपालिका–८ का पूर्व वडाध्यक्ष समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार रुकुम जिल्ला अदालत मुसिकोटले २०८१ मंसिर १९ गते चोरी तथा डाँका मुद्दामा चदारालाई १५ दिन कैद र ८ हजार ४४० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई पक्राउ गरेको प्रहरी निरिक्षक एवं सूचना अधिकारी झबिन्द्र परियारले जानकारी दिनुभयो ।

पक्राउ परेका चदारालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत रुकुम पश्चिममा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार