सातौँ सिद्ध गुफा गोल्ड कप : युनिक ब्वाइज एफ.सी.लाई उपाधि

सातौँ सिद्ध गुफा गोल्ड कप : युनिक ब्वाइज एफ.सी.लाई उपाधि

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा आयोजित सातौँ सिद्ध गुफा गोल्ड कपको उपाधि युनिक व्याइज एफ।सी। मुसिकोटले जितेको छ । सल्ले यूथ क्लबद्वारा आयोजित प्रतियोगिताको आइतबार भएको फाइनलमा आठबिसकोट एफ।सी।लाई ५–० ले पराजित गर्दै युनिक व्याइजले उपाधि जितेको हो ।

विजेता युनिक ब्वाइजले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफि जितेको छ । खेलाडीहरूले मेडल र प्रमाण पत्र समेत पाएका छन् । उप विजेता बनेको आठबिसकोट एफ।सी।ले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै खेलाडीले मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको आयोजक सल्ले यूथ क्लबले जनाएको छ ।

प्रतियोगितामा रुकुम पश्चिमका २४ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सेभेन ए साइडमा खेलाइएको थियो भने एउटा टिमले जिल्ला बाहिरका २ जना खेलाडी राख्ने पाउने व्यवस्था थियो । व्यक्तिगत इभेन्टमा पनि खेलाडीहरूलाई पुरस्कृत गरिएको आयोजक सल्ले यूथ क्लबका अध्यक्ष मोहन खड्काले जानकारी दिनुभयो ।

युनिक ब्वाइज एफ।सी।मुसिकोटका भुवन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले ट्रफि प्राप्त गरेका छन् । त्यस्तै युनिक व्याइजका प्रतीक सुनार वेस्ट गोलकिपर, आठबिसकोट एफ।सी।का भिक्टर शाही वेस्ट डिफेन्ड बन्दा युनिक ब्याइजका विकास विस्ट टप स्कोरर बने । उनीहरुले पनि ट्रफि पाएका छन् ।

रातामाटा एफ।सी। र राउखेत एफ।सी। मुसिकोट २ ले फेयर प्ले अवार्ड पाएको आयोजक सल्ले यूथ क्लबले जनाएको छ । फाइनल खेल पश्चात् पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सहयोगी तथा जिल्लाको फुटबल विकासका लागि सहयोग गर्ने सहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार