सुर्खेत । कर्णाली प्रदेशमा कृषि तथा पशुपालन क्षेत्रमा देखिने जोखिम न्यूनीकरण र कृषकको लगानी सुरक्षाका लागि कृषि बीमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री माननीय जुम्कित लामा (कार्की)ले गर्नुभएको हो ।

कार्यक्रममा संघीय सरकारअन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. चन्द्रप्रसाद रिसाल, उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, नेपाल बीमा प्राधिकरण तथा युनडिपिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी मन्त्रालयअन्तर्गतका कृषि विकास कार्यालय तथा पशु अस्पताल एवं पशुसेवा कार्यालयका प्रमुख तथा प्रतिनिधि, कृषक, पत्रकारलगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कृषि तथा पशुपालन क्षेत्रमा आइपर्ने सम्भावित जोखिम न्यूनीकरण, कृषकको लगानीको सुरक्षा, कृषि बीमाप्रति जनचेतना अभिवृद्धि तथा बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाईएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार