कोरोना भाइरस नियन्त्रणको उपाय विदेशबाट फर्किनेको घरमा रातो संकेत

कोरोना भाइरस नियन्त्रणको उपाय विदेशबाट फर्किनेको घरमा रातो संकेत

चैत्र १६ झापा

मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत  लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो ।

नगरका मेयर विमल आचार्यले विदेशबाट आएको भन्ने पहिचानका लागि यस्तो अभियान सुरु गरिएको जानकारी दिए । उनले भने,‘जसको घरमा रातो रंगको संकेत छ, सम्झिनुस् त्यो घरको कुनै न कुनै सदस्य भर्खरै विदेशबाट फर्किएको छ ।’

विदेशबाट फर्किएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सर्वसाधारणको सचेतनाका लागि त्यस्तो अभियान सुरु गरिएको मेयर आचार्यले जनाए । गत फागुन २२ यता मेचीनगर नगरपालिकाभित्र १ सय ६४ जना भारतलगायत तेस्रो मुलुकबाट फर्किएको पाइएको छ । ती सवैको घरमा रातो संकेत पोत्ने काम सुरु भएको छ । ‘रातो रंग लगाएका घरमा मान्छे होम क्वारेन्टाइनमा छन् भन्ने संकेत पनि हो’, मेयर आचार्यले भने,‘ यसो गर्दा अनुगमनका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुने

नगरका सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीका अनुसार २०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट १ सय २३ जना छन् । यूएईबाट १९, कतारबाट ७, साउदी अरबबाट ६, मलेसियाबाट ४, अमेरिकाबाट २ तथा इजरायल, बहराइन र कतारबाट आउने १/१ जना छन् ।

उनीहरु अधिकांश होम क्वारेन्टाइनमा छन् । कतिपय वडा नम्बर ७ को सतिघट्टा, ११ को घाइजन, वडानम्बर ३ को पशुपति माध्यमिक विद्यालय र वडा नम्बर ४ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा छन् ।

नगरपालिकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै उनीहरुको समेत तथ्यांक संकलन सुरु गरेको छ । नगरका १५ वटै वडामा ५ हजार ३ सय ४७ जना जेष्ठ नागरिक छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार