विद्यालय पुनर्निर्माण गर्न भारत सरकारको ३० करोड सहयोग

विद्यालय पुनर्निर्माण गर्न भारत सरकारको ३० करोड सहयोग

काठमाडौँ । भूकम्पबाट भत्किएका विद्यालयहरूको पुनर्निर्माणका लागि भारत सरकारले ३० करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ । बुधबार काठमाडौंस्थित भारतीय दूतावासले पुनर्निर्माण प्राधिकरणलाई प्रतिबद्धताअनुसारको रकम हस्तान्तरण गरेको हो ।

दूतावासकी उपप्रमुख नामग्या खम्पाले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । शिक्षा क्षेत्रको पूर्वाधार पुनर्निर्माणका लागि भारतले ५० करोड रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको थियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागको पुस्तकालय तथा गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोकमा भारतीय सहयोगमा विद्यालय भवन पुनर्निर्माण भइरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार