नेकपाका अध्यक्ष दाहाल आज स्वदेश फर्कंदै

नेकपाका अध्यक्ष दाहाल आज स्वदेश फर्कंदै

काठमाडौँ । पत्नी सीताको उपचारका लागि भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार (आज) स्वदेश फर्कँदै हुनुहुन्छ । मुलुकको राजनीतिक अवस्था जटिल रहेको अवस्थामा पत्नीको स्वास्थ्यमा थप समस्या आएपछि दाहाल दुई छोरीको साथमा गत सोमबार भारत जानुभएको थियो ।

दाहाल पत्नी सीतालाई मुम्बइस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सिटिच्युटमा भर्ना गरिएको छ । सीता लामाे समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ ।

त्यहाँ उहाँलाई कन्सलट्यान्ट न्यूरोसर्जन डाक्टर आलोक शर्माको टोलीले उपचार गरिरहेको छ । पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरुलाई छोडेर दाहाल शनिबार स्वदेश फर्कन लाग्नुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार