रेखा थापाको आग्रह- टोल टोलमा ‘कार्य समूह बनाएर’ तैनाथ भएर बसौं

रेखा थापाको आग्रह- टोल टोलमा ‘कार्य समूह बनाएर’ तैनाथ भएर बसौं

नायिका रेखा थापाले देशलाई भवितव्य परिआयो भने हाम्रो भूमिका के हुन्छ ? भन्ने सोच राखेर इन्टरनेटमार्फत् आ-आफ्नो टोल समुदायको ‘कार्य समूह बनाएर’ तैनाथ बस्न अपील गरेकी छन्।

काठमाडौँ। अभिनेत्री रेखा थापाले अनलाइन नेटवर्क बनाएर तयार बस्नुपर्ने बताएकी छन्।

कोभिड-१९ बाट भवितव्यमा हुने जोखिमका लागि अहिले नै अनलाइन नेटवर्क बनाएर तयार बस्नुपर्ने थापाले बताएकी हुन्।

पहिलो कर्तव्य सुरक्षित भएर दूरीमा बस्ने भएको भन्दै रेखाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मनमा यो पनि सोची राखौं कि देशलाई भवितव्य परिआयो भने हाम्रो भूमिका के हुन्छ ? इन्टरनेट र सञ्जालमार्फत् आ-आफ्नो टोल समुदायको ‘कार्य समूह बनाएर’ तैनाथ भएर बसौं।’

उनले १०-१५ घरको बीचमा ५-५ जनाको स्वय‌ंसेवक टोली सूचीकृत गरिराख्ननु पर्ने बताएकी छन्।

यसरी अनलाइन नेटवर्क बनाएको खण्डमा अप्ठेरोमा परेका परिवारलाई मद्दत गर्न मिल्ने भन्दै सुरक्षित रहन सहयोग पुग्ने थापाले उल्लेख गरेकी छन्।

कोभिड-१९ का कारण घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेकी रेखाले सबैलाई सुरक्षित बस्न अनुरोध गरकी छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार