कांग्रेस नेता प्रकाशमान सिंहले भने कोरोनाका कारण कुनै समस्या भए मलाई सम्झनु

कांग्रेस नेता प्रकाशमान सिंहले भने कोरोनाका कारण कुनै समस्या भए मलाई सम्झनु

चैत्र १६ काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले कोरोना संक्रमणबाट बच्न कुनै समस्या भए आफूलाई सम्पर्क गर्न आफ्ना मतदातालाई आग्रह गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेता सिंहले कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन घरभित्र बस्न आग्रह गर्दै दैनिक जीवन गुजारा गर्न समस्या भए आफूलाई सम्पर्क गर्न आग्रह गरेका हुन्।

सिंहले भनेका छन्, ‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा मलाई सदैव निर्वाचनमा विजयी बनाइ सेवा गर्ने अवसर दिनुहुने काठमाडौं निर्वाचन क्षेत्र नं. १ का दिदीबहिनी तथा दाजुभाइहरुले र स्वदेश तथा विदेशमा बस्नु हुनेहरुले कुनै समस्या आइपरेमा मलाई र मेरो सचिवालयका साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ।’

नेता सिंहले कारोनाविरुद्ध प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

उनले विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित हुने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सम्बद्ध सम्पूर्णप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार