दाङ पुगेर माधवकुमारले भने : प्रचण्ड जस्तो इमान्दार अरु कोही छैनन्

दाङ पुगेर माधवकुमारले भने : प्रचण्ड जस्तो इमान्दार अरु कोही छैनन्

घोराही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताएका छन्। शनिबार दाङको घोराहीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रचण्डको प्रशंसा गरेका छन।

‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ।’

यस्तै उनले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाए। ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए ।

पत्रकार सम्मेलनमा ओलिप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका नेता नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिएको र ओलीले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र विग्रह आएको बताए । भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ पुगेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार