पुस महिनामा झण्डै १५ हजारले लिए श्रम स्वीकृति

पुस महिनामा झण्डै १५ हजारले लिए श्रम स्वीकृति

काठमाण्डौ । पुस महिनामा मात्रै वैदेशिक रोजगारीमा जान झण्डै १५ हजार श्रमिकले श्रम स्वीकृति लिएका छन् । १३ हजार ३ सय ९७ पुरुष र एक हजार ३ सय ५६ महिला गरी १४ हजार ७ सय ५३ जनाले विभिन्न ५७ देशमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसमध्ये ७ हजार ५ सय ४४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

सबैभन्दा बढी यूएई जान ४ हजार ७ सय ७२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारको लागि ३ हजार ८ सय ८२ र साउदीको लागि ३ हजार ७ सय ६३ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो समय खाडीका देशहरुले स्वास्थ्य सावधानी अपनाउँदै श्रमिक प्रवेश गर्न दिएका छन् । अन्तर्राष्ट्रिय उडानहरु केही खुकुलो गरेका छन् । उद्योगहरु सञ्चालनमा ल्याएका छन् । योसँगै कोरोनाका कारण घटेको नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या अहिले बढीरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार