गाउँपालिका उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश

गाउँपालिका उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश

काठमाडौं । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले अन्तरिम आदेश दिएको छ ।

मङ्गलबार उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको इजलासले उपाध्यक्षले मनिला विष्टले दिएको राजीनामा पत्रमा मिति नभएको र राजीनामा लागू हुने मिति समेत उल्लेख नभएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको हो ।

इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत् विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ । गाउँपालिकाका अध्यक्षसँग असन्तुष्ट उपाध्यक्षले मंसिर अन्तिममै राजीनामा दिएको चर्चा चलेको थियो । तर पुस पहिलो साता बसेको गाउँ कार्यपालिका बैठकले त्यसको खण्डन गर्दै राजीनामा नदिएको प्रष्ट पार्‍यो ।

तर सत्तारुढ नेकपा विभाजन भएको केही समयपछि पुस १७ गते एकाएक उनको राजीनामा स्वीकृत भएको निर्णय सार्वजनिक भएको थियो । उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको दाबी गर्दै आएकी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार