प्रचण्डका छाउराहरुले रुकुम पश्चिममा छानीछानी काँग्रेस कार्यकर्ता आक्रमण कहिले सम्म ?

प्रचण्डका छाउराहरुले रुकुम पश्चिममा छानीछानी काँग्रेस कार्यकर्ता आक्रमण कहिले सम्म ?

हरेक नागरिकको पहिलो अधिकार स्वतन्त्रता पूर्बक बाच्न पाउनु नै हो लोकतान्त्रिक ब्यवस्था मा हरेक नागरिक लाइ राजनीतिक अधिकार सुनिश्चित गरिएको हुन्छ । जुन समाजका नागरिक सबिधान ले दिएका सबैधानिक हक अनुरुप राजनीतिक अधिकार को प्रयोग गर्न पाउदैन ।
सबैधानिक हक अनुसार स्वतन्त्रता पूर्बक ब्यवसाय गर्न पाउदैन जहाँका नागरिक फरक आस्था बोकेकै कारण राज्यको हरेक सेवा सुबिधा बाट बन्चित हुनु परेको छ। उक्त सबिधान रक्षाका लागी आन्दोलन किन गर्ने भनेर लेख्दा मेरो हात कापिरहेको छ किन कि यो सबिधान निर्माण गर्ने आन्दोलन मा म पनि कतै न कतै सहभागी भएको हु जेल परेको हु पुलिसको लाठी खाएको हु। तर म बिबस छु यी शब्द लेख्न।
कार्यकर्ता को भावना लाइ कुल्चेर पाटिको निर्देशन सिरानिमा हालेर सुत्न सकिन मलाई माफ गर्नु होला मेरा पिता समान नेताहरु म यो पनि भन्न बिवस छु लोकतान्त्रिक ब्यवस्थाका लागी जेल बस्ने केपी ओलिका विरुद्ध आन्दोलन गरेर लोकतान्त्रिक ब्यवस्थाका विरुद्ध हतियार उठाई कांग्रेस लाइ छानिछानी काट्ने प्रचण्ड सँग मिलेर कसरी लोकतान्त्रिक ब्यवस्था बलियो हुन सक्छ ? प्रचण्ड को यो आन्दोलन देखाउने दात हो कि चपाउने तपाईंहरुले कहिले बुझ्ने र सोध्ने कोषिस गर्नु भएको छ ?
काठमाडौमा हाम्रो पाटिको आदरणीय सभापति र आदरणीय बरिष्ठ नेता सँग सत्ता सहकार्य र चुनावी तालमेल सम्म को कुरो गर्ने प्रचण्डका छाउराहरुले रुकुम पश्चिममा छानीछानी कांग्रेसका कार्यकर्तालाइ हतियार द्वारा आक्रमण गरिन्छ के यहि गरेमा लोकतान्त्रिक ब्यवस्थाको रक्षा हुन्छ भने बर्तमान सङ्कटको कारक गणेश शाह, हरिभक्त ओलि, लोकेन्द्र बटाला, टेकबहादुर ओलि, बीरभान बिष्ट, धनसिङ्ग खड्का लगायत ८३ जना भन्दा बढिको रक्त बिजबाट जन्मिएर बाचेका काग्रेसहरु हुनत ?
सबैभन्दा सुरक्षित मानिएको प्रहरी कार्यालयमै खुकुरी हान्ने हिक्मत गर्ने प्रचण्ड समुहका अराजक तत्वहरु संरक्षण गर्ने सबिधान बचाउन कांग्रेस कार्यकर्ताले टाउकोमा खुकुरी र बोतल बर्षिदा पनि पुलिस ले जुन मुद्दा दर्ता गर्न आदेश दिन्छ त्यही मुद्दा दर्ता गर्नु पर्ने पुलिस ले मुद्दा दर्ता गर्दा सबिधान होइन नेकपा प्रचण्ड समुहको जनप्रतिनिधिको आदेश अनुसार गर्नु पर्ने सबिधान रक्षाका लागी आन्दोलन गर्नु पर्ने किन ?
सबै तहका सरकार को व्यापक भ्रष्टाचार अनियमिता र असबैधानिक कदमका विरुद्ध आन्दोलनमा सँगै सामान धारण र मुद्दामा केन्द्रित रहि आन्दोलनको तयारीमा रहेका दलकै कार्यकर्ताबाट खुकुरी खार्इ लतपत्त रगताम्य भएका कार्यकर्ता अर्को तिर झण्डा फहराउन सकिएन २०७७/१०/०८ गते ७६४३ वडामा नेपाली काग्रेसको निर्देशन अनुसार गर्ने भनिएको कार्यक्रम स्थगित गर्न बाध्य हुनु पर्‍यको छ अब नेपाली काग्रेसको भोलिको कार्यक्रम ६६७० वडामा मात्र हुने छ । जय नेपाल

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार