विप्लवका युवा संगठनका अध्यक्ष लय सहानीले किन पार्टी छाडे (विज्ञप्ती सहित)

विप्लवका युवा संगठनका अध्यक्ष लय सहानीले किन पार्टी छाडे (विज्ञप्ती सहित)

मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समुह) को सहायक संगठन युवा संगठन रुकुम पश्चिमका अध्यक्ष डिल्लीराज शर्मा (लय सहानी) ले पार्टी छोडेका छन् । उनले उजेली न्यूज डटकमलाई एक लामो बिज्ञप्ती उपलब्ध गराएर पार्टीका सबै जिम्मेवारी त्याग गरेर आफु स्वतन्त्र बनेको घोषणा गरेका छन् । बिप्लवको कार्यदिशाको प्रशंसा गर्दै जिल्ला नेतृत्वको खराब कार्यशैलीको कारण आफुले पार्टी छाडेको बिज्ञप्तीमा जनाएका छन् । उनले उजेली न्यूज डटकमलाई उपलब्ध गराएको बिज्ञप्ती जस्ताको त्यस्तै रहेको छ :

आदरणिय जनसमुदाय 
१) जनयुद्धको बिसर्जनले निराश माओवादी आन्दोलनका शुभ चिन्तकहरुलाई बिप्लव कमरेडको नेतृत्वमा उद्घोष भएको एकीकृत जनक्रान्तिले उत्साहित बनाउनु स्वभाविक थियो । क्षतबिक्षत क्रान्ति फेरि एकीकृत हुने र बिजय भैछाड्ने बिप्लवी उद्घोषले मलाई पनि उत्साहित गरायो, फलत एकिकृत जनक्रान्तिको झण्डा मैले पनि उचाले । पार्टिले दिएको पार्टी जिल्ला समिती सदस्य र युवा संगठन नेपालको अध्यक्षको भुमिका मैले कुशलता पुर्वक पूरा गर्ने प्रयत्न गरेँ ।

२) वर्गिय मुक्ती र आमूल रुपान्तरणका लागि हाम्रो कार्यदिशाले दुश्मन घोषणा गरेको दलाल पुजिपति बर्ग र तिनिहरुको अधिनायकत्व स्थापित गर्ने बर्तमान दलाल पुजिवादी सत्ताका संचालकहरु प्रती तिब्र घृणा एउटा क्रान्तिकारी कमरेडको प्रशंसायोग्य गुण हो । मैले पनि दलाल पुजिवादी सत्ताप्रती तिब्र घृणा गर्दै आफ्नो स्तरबाट तिब्र संघर्ष चलाइरहेको थिए । हाम्रो जिल्ला रुकुममा भ्रष्ट्राचार गर्ने, आफ्नो शक्तिको दुरुपयोग गर्ने र क्रान्तिकारी आन्दोलनका बिरुद्ध तानाबाना बुन्ने जो कोहि युवा संगठन र त्यसको अध्यक्ष डिल्लिराज शर्माको नाम सुनेर थर्कमान हुने स्थितिको पैदा भएको थियो ।

३) क्रान्तिको सैद्धान्तिक आधार एकातिर, निशाना एकातिर, अपेक्षा एकातिर तर हाम्रो पार्टी रुकुम जिल्लाको नेतृत्वको व्यवहार अर्कोतिर अभिव्यक्त हुन थाल्यो । मैले जब यो बिषयको अनुभूति गरेँ तब देखि नै नेतृत्वलाई सच्चिन पार्टिका आन्तरिक फोरमहरुमा बहस गर्न थाले । तर नेतृत्वले यो बिषयलाई अनुभूति गर्ने र सच्याएर क्रान्तिको अपेक्षालाई पूरा गर्ने तिर होइन, कार्यकर्ताले आफुलाई बिस्थापित गर्न खोजेको अनुभूति गर्दै आफ्नै पार्टिका कार्यकर्ताहरु बिरुद्ध सत्तासंगको मिलेमतोमा षड्यन्त्र गर्ने, अझ बहसको थालनी गर्ने कमरेडहरुलाई निश्कासन गर्ने धम्की समेत दिने दिशातिर उन्मुख भयो ।

४) जिल्लाको नेतृत्व क्रान्ती पूरा गर्ने दिशातिर होइन, वर्तमान दलाल सत्ता संगको साझेदारिमा आफुलाई सुरक्षित गर्ने मनशायमा भएको पुष्टि भयो । मैले यो बिषय पार्टी ब्युरो कमिटी सम्म पनि निवेदन गरे तर पहुँच नभएको म बबुरोको बिषय किन सुनुवाइ हुन्थ्यो भएन क्रान्तिकारि पार्टिमा पनि पहुँच र सम्बन्ध नै निर्णायक हुने हो भने हामी पहुँच र चिनजानमा बिश्वास नगर्नेहरु पार्टिमा रहिरहन आवश्यक महसुस गरिँन, त्यसकारण यहि बिज्ञप्ती मार्फत स्वतन्त्र भएको घोषणा गर्दछु ।

५) नेतृत्व बिरुद्ध अपुष्ट आरोपहरु थोपर्दै पार्टी छाडेको घोषणा गर्नु कायरताको संज्ञा पनि हुनसक्ला तसर्थ रुकुम जिल्लाको नेतृत्व एक गैर क्रान्तिकारी र दलाल पुजिपती बर्गको दासको हातमा पुगेको पुष्टि हुने दृश्टान्तहरु तपशिलमा छन :

क) मिति २०७६ बैसाख २५ गते तत्कालिन डिसियस कमरेड चन्द्र बुढा र युवा संगठनको अध्यक्ष म डिल्लिराज शर्मा चौरजहारी नगरपालिकाको मेलैनाउली बाट छुट्टियौँ । म घर गए । उनी मेलैनाउलिमै एकजना शुभचिन्तकको घरमा बास बसे । भोलि पल्ट २६ गते उनले मलाई चन्द्र थकालिको काम रोकेर आफुकहाँ छलफलमा आउन चन्द्र थकालिलाई बाध्य पार्न आदेश गरे । मैले पनि उनको आज्ञा बमोजिम नै गरेँ । म चन्द्र थकालिको सुराकिले गिरफ्तार भएँ, प्रहरी संगको भिडन्तमा घाइते भएँ, त्यो घटनाको छानबिन उनले गरेनन, चन्द्र थकालिलाई सामान्य चेतावनी पनि गरेनन, संघर्ष झन गर्दै गरेनन ।

ख) त्रिबेणी गाउँपालिकाका लेखापाल हेमन्त केसिले २६ लाख सरकारी पैशा हिनामिना गरेको पुष्टि भयो । मैले इन्चार्ज कमरेड चन्द्रलाई (डिसियस कमरेड हिरासत मा हुनुहुन्थ्यो) यसको छानबिन गर्ने र पार्टिको तर्फबाट कार्वाही गर्ने योजना बनाउँ भनेर प्रस्ताव गर्दा ठाडो अस्विकार गरे । हालसम्म पनि त्यो बिषयमा पार्टीले कुनै इनिसियसन लिएको छैन ।

ग) आठबिसकोट नगरपालिकामा तत्कालीन डबल नेकपा र नेपाली काँग्रेसले खुलेआम राजनितिक गुण्डागर्दी चलाए, बजारमा निस्किने जो कोहिलाई कुटपिट गर्ने, एकले अर्काका समर्थकलाई ज्यानमार्ने गरि हमला गर्ने सम्मका हर्कत भए, हामिले जनबिरोधी घोषणा गरेको प्रशासनले कफ्र्यु लाउन बाध्य भयो । तर जनसत्ता चलाएको पाटीृको नेतृत्वले समान्य बिज्ञप्ती सम्म लेख्ने आँट गरेन ।

घ) पार्टी डिसियम कमरेड गम्भिरको भाईको एक्सिडेन्टले मेरुदण्ड भाँचियो तर गाडी धनी दाङ्ग जौँबारी निवासी शालिकरामले उपचार खर्चको रकम भुक्तान गर्न मानेन । कमरेड गम्भिरले पार्टिलाई निवेदन गर्नुभयो । दुई बर्ष सम्म पनि पार्टिले सहयोग गरेन । कमरेड गम्भिर आफै केही साथिहरुलाई लिएर शालिकरामको घर पुग्नु भो । उसले गम्भीर लगाएत अरु चार जना सर्वसाधारणलाई बिप्लवहरु चन्दा माग्न आए भन्ने आरोप लगाएर सुराकी गर्ये । सबै साथिहरु गिरफ्तार परे जिल्ला पार्टि नेतृत्वले बिज्ञप्ती समेत लेख्न मानेन । आफ्नो कमरेडका लागि मात्र नभएर आम बिप्लवको नाममा गिरफ्तार गरिएका सर्वसाधारणहरुको लागि समेत पार्टी बोल्नु पर्छ कि पर्दैन ? जनतालाई दुख दिनेहरु बिरुद्द निर्मम संघर्ष गर्नुपर्छ कि पर्दैन?

ङ) सानोभेरी गाउँपालिका वडा नं ३ पेदि बजारबाट कमरेड शिव र बिवेकको गिरफ्तारि भयो । अरु दुई जना कमरेडहरु भाग्न सफल भए । वडा नं ३ को अफिसमा छलफल गर्न बोलाएर बाहिर प्रहरिलाई घेरा हाल्न लगाएको आरोप गिरफ्तार कमरेडहरुको छ । त्यो बिषयमा अध्यन गरेर प्रतिबेदन तयार गर्दै पार्टी विरुद्ध शुराकी गर्नेहरुलाई तह लगाउनु पर्छ कि पर्दैन ? त्यो बिषयमा पनि कथित नेतृत्व हाल सम्म मौन छ ।

च) जनयुद्धमा जनसत्ताले पास गरेका घरजग्गा खोसिने क्रम बढेको छ । जनसत्तालाई बिश्वास गरेका सबै जनताको रक्षा गर्नु हाम्रो दायित्व हो भनेर पटक पटक जिल्ला नेतृत्वलाई संघर्ष त्यतै केन्द्रित गर्न आह्वान म आफैले गरेँ तर उनी तयार भएनन किन ?

छ) सोति घटनाको अनुसन्धान गर्ने उद्घोष गरेको पार्टिले हाल सम्म प्रतिवेदन सार्वजनिक गरेको छैन किन ?

ज) सोति घटना पछि उद्देलित दलित समुदायको भावनालाई मुखरित गर्ने कार्यक्रम बनाएर जनताको बिचमा जाउँ भन्दा नेतृत्वले किन अस्विकार गर्नु भो ? उहाँ कसको रक्षा गर्ने ध्याउन्नमा हुनुहुन्छ ?

झ) मिति २०७७ मंसिर २२ गते चौरजहारी नगर पार्टी इन्चार्ज कमरेड कपिलको नेतृत्वमा आधारभुत बिद्यालय लहरेसिमलका शिक्षक नन्दलाल केसि संग छलफल गर्न जाँदा निज नन्दलालले बिषयलाई अतिरन्जित गर्दै बिज्ञप्ती सार्वजनिक गरे । त्यो बिषयमा पार्टिले गोप्य अनुसन्धान समिती बनायो । अनुसन्धान समितिका सदस्यहरु चौरजहारिका मेयरको घरमा बसेर उनकै योजनामा, उनैले भेला गरेका मान्छेहरुको बिचमा भाषण गर्दै, उनिहरुकै अनुरोधमा कमरेड कपिल र मलाई कार्वाही गर्ने घोषणा गरेको भिडियो सार्वजानिक भयो । हामिले निवेदन गर्यौ चौरजहारिको मेयर विशाल शर्मासंग घाँटी जोडेर आफ्ना कमरेडहरुको कस्तो अनुसन्धान गर्छ पार्टिले ? यो बिषय तुरुन्त सच्याइयोस । तर कथित अनुसन्धान समितिले विशाल शर्माले दिएका केही थान नोटको कपिमा खुकुरी रमको मसिले विशाल शर्माले नै सिकाएका शब्दहरु लेखेको प्रतिबेदन ब्युरो कमिटी सम्म पुर्याइयो, र कमरेड चन्द्रबाट ब्युरोको बैठकमा त्यै प्रतिवेदनको पक्षमा वकालत भयो । हामिले पार्टिलाई लेखेको निवेदनलाई ट्वाइलेट पेपर बनाइयो ।

ञ) त्रिबेणिको भ्रष्टाचार मुद्दामा नबोल्ने, गम्भिरको भाईको मुद्दामा नबोल्ने ,जनसत्ता पासका मुद्दामा नबोल्ने तर चौरजहारी नगरपालिका ७ का वडा अध्यक्ष इन्द्रलाल शर्माले कपिल कमरेड बिरुद्ध दिएको मुद्दामा इन्द्रलाललाई न्याय दिन दौडिने र उनैले आयोजना गरेको सभामा कपिल कमरेडलाई चोर फटाह घोषणा गरेर हिड्ने कस्तो किसिमको क्रान्तिकारी प्रवृत्ति हो ?

ट) जिल्लामा कागजमा कृषि गरेर अनुदान खानेहरुको बिगबिगी छ । आफै बजेट बिनियोजन गरेर आफै ठेक्का लिनेहरुको बोलबाल छ । जनतालाई ऋणमा डुबाएर घर उदार्नेहरुको कमि छैन । अबैध धन्दा गर्नेहरु कति छन कति । अवसरहरु पार्टी र परिवारमा केन्द्रीत गर्नेहरुको त झन के अभाव ? कोरोनाको बखतमा भएको खर्च के कति हो ? कमसल विकासे काम तर यस्ता बिषयमा क्रान्तिको संघर्ष केन्दृत हुँदै हुदैन किन?

आदरणिय जनसमुदाय !
के यी दृष्टान्तहरुले पुष्टि गर्दैन कि रुकुम जिल्लाको नेतृत्व क्रान्तिका लागि होइन, क्रान्तिबाट आफ्ना लागि भन्ने सैदान्तिक धरातलमा उभिएको आरोप ? विशाल शर्मा जस्ता आफैले भ्रष्ट घोषणा गर्दै राजिनामा पत्र पठाएका पात्रहरुसंगको मिलेमतोमा आफ्ना कमरेडहरुको चरित्र हत्या गर्ने दुई कौडिका पात्रहरुको केन्द्रीकरणले के पार्टी आन्दोलनलाई स्थापित गर्न सक्ला ? एकीकृत जनक्रान्तिलाई मेरो प्रश्न छ ।

अन्त्यमा, बिप्लवको कमरेडको सपना वैज्ञानिक समाजवादको पक्षमा सदा उभिने प्रण गर्दै, उहाँको इमान्दारिताको कदर गर्दै, एकीकृत जनक्रान्तिको सफलताको शुभकामना ब्यक्त गर्दै, गैर क्रान्तिकारी पात्रहरुको केन्द्रीकरणले क्रान्तिले बिजय प्राप्त गर्ने होइन अपितु अलगावमा पर्ने सुझाब दिदै, आजकै मिति देखि नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेको घोषणा गर्दछु । साथै अग्रमन र न्यायको वकालत यो शरिरमा रगत रहदा सम्म गरिरहने प्रतिबद्दत्ता ब्यक्त गर्दछु । सहिदहरुको सपना मैले भुलेको छैन, बर्गिय पक्षधरता त मेरो मुल आदर्श हो । आज सम्म क्रान्तिका लागि सहयोग र समन्वय गर्ने आम जनता, सहयोद्दा र इमानदार नेतृत्वहरु प्रती उच्च सम्मान व्यक्त गर्दछु । डिल्ली राज शर्मा (लय सहानी)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार