काठमाडौं महानगरका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने

काठमाडौं महानगरका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार ९स्टीम क्लब० कार्यक्रम सञ्चालन गर्ने भएको छ । छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा महानगरपालिकाले हस्ताक्षर गरको छ ।

कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले छनोटमा परेका प्रति विद्यालयलाई एक लाख रुपैयाँ दिनेछ । अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यावहारिक रुपमा लागू गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गरे । उनले सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

पहिलो चरणका लागि छनोटमा परेका शिवपुरी माध्यामिक विद्याल, बाँसबारी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय, गुह्येश्वरी माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, विश्व निकेतन माध्यामिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यामिक विद्यालय, जनप्रभावत माध्यामिक विद्यालय रहेका छन ।

यस्तै नील बाराही माध्यामिक विद्यालय, जनपथ माध्यामिक विद्यालय, गीतामाता माध्यामिक विद्यालय, सिद्धि गणेश माध्यामिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय, भक्त विद्याश्रम माध्यामिक विद्यालय, परोपकार आदर्श माध्यामिक विद्यालय, नवयुग माध्यामिक विद्यालय, प्रभाव माध्यामिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय, भिमसेनगोला माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार