प्रधानमन्त्री ओलीले भने- बैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुन्छ

Corona-Ad-Raptisonari

प्रधानमन्त्री ओलीले भने- बैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुन्छ

Florence Ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुने सम्पन्न हुने बताएका छन् । उनले भने, मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।

सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी १७ र २७ बैशाखमा दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश २ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित बागमती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छुु उनले भने ।

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे। अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए। उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए। यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिए।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad