कोरोना भाइरसले यसरी खत्तम पार्छ फोक्सो! (भिडियो)

कोरोना भाइरसले यसरी खत्तम पार्छ फोक्सो! (भिडियो)

विश्‍वभर कोभिड १९ले आतंक मच्चाइरहँदा अमेरिकाको जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालले कोरोना भाइरसको विरामीको फोक्सोबारे भिडियो सार्वजनिक गरेको छ।

उक्त भिडियोमा जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले कोभिड १९ का विरामीको फोक्सोले काम गर्न छाडेको बताएका छन्। उनले भनेका छन्, ‘अहिले ती बिरामीलाई कोभिड–१९ को संक्रमण छ। कोरोना भाइरसले उनको फोक्सोलाई खाइसकेको छ भने राम्रोसँग काम गर्न छोड्दै गरेको अवस्था छ।’

म्यार्टनले उक्त ५९ वर्षीय विरामीको फोक्सो विस्तारै नष्ट हुँदै गएको बताएका छन्। उनले भनेका छन्, ‘सामान्य अवस्थामा उच्च रक्तचापको समस्याबाहेक स्वस्थ रहेको ५९ वर्षीय ती बिरामीको फोक्सो निक्कै नष्ट भएको तस्विरहरुले देखाएको छ।’

विरामीको अवस्था निक्‍कै गम्भीर भएपछि तत्कालका लागि उनलाई भेन्टिलेटरमा राखिएको छ। तर भेन्टिलेटरको पनि अधिकतम क्षमता उपयोग गर्दा समेत त्यो पर्याप्त भइरहेको छैन। अहिले ती बिरामीलाई उसको रगतमा अक्सिजन आपूर्ति गर्नको लागि अर्को मेशिन चाहिएको छ।’

चिकित्सकले उक्त लक्षण प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेह भएका ७०, ८० वर्ष उमेरका विरामीको लागि मात्र नभएको चेतावनी दिएका छन्।

‘भिडियोमा पहेँलोले देखाइएको भागहरु फोक्सोको संक्रमित र सुन्निएको भाग हो,’ मोर्टम्यान भन्छन्, ‘जब उसको फोक्सोमा भाइरल इन्फेक्सन भयो, त्यो भागमा भाइरस पसेर बन्द भयो। स्क्यानबाट प्रष्ट हुन्छ कि त्यो संक्रमण फोक्सोको एउटा भागमा मात्रै सीमित छैन, यसले दुबै फोक्सोको ठूलो हिस्सालाई प्रभावित गरेको छ।’

युवाहरुलाई नै पनि कति छिटो र खतरनाक ढंगले सङ्क्रमणले असर गर्छ भन्ने कुरा यसले देखाउँछ। ‘स्वस्थ फोक्सो भएको एउटा युवामा अहिले बिग्रेर पहेँलो देखिएको छ,’ उनले भनेका छन्। अहिले ती बिरामी अत्यन्तै गम्भीर अवस्थामा आइसीयूमा उपचाररत छन् ।

‘तीब्र रुपमा श्वासप्रश्वास फेल खाँदै गरेको बिरामीमा फोक्सो झनै छिटो र ठूलो मात्रामा फैलिन्छ भन्ने भिडियोमा देखिएको छ,’ मोर्टम्यानले इमलेमा भनेको छन्, ‘दुर्भाग्यवश, यस किसिमको नोक्सानी भएपछि फोक्सोहरु निको हुन निक्कै लामो समय लाग्ने गर्छ। तीमध्ये पनि कोभिड–१९ का २–४ प्रतिशत विरामीहरुमा त यो नोक्सानी ठीक गर्नै नसकिने खालका हुन्छन्,  तिनीहरु रोगमा परिणत हुन्छ ।’

‘प्रारम्भिक रुपमा कोरोना भाइरसले श्वासप्रश्वासको समस्या गराउँछ। यो म्युकस मेम्ब्रान्समा पस्छ र त्यसैको माध्यबाट फोक्सोमा जान्छ । शरीरले चाहिँ यसलाई इन्फ्लेमेसनको तरिकाले नियन्त्रण गर्न खोज्छ,’ मोर्टम्यानले भनेका छन् ।

भिडियोमा देखिएका पहेँला चिन्हहरु संक्रमण र इन्फ्लेमसेन दुवै हुन्। अतः शरीरले संक्रमणलाई निको पार्न खोज्दा धेरै नै इन्फ्लेमेसन पनि हुने गर्छ,’ मोर्टम्यान भन्छन् ।

त्यो इन्फ्लेमेसनले रगतमा अक्सिजन पुर्‍याउन र कार्बनडाइअक्साइड हटाउन बाधा पुर्‍याउँछ । त्यसले शरीरमा अक्सिजन र कार्बन डाइअक्साइडको आपूर्ति मिलाउने कोशिशमा बिरामीलाई श्वास फेर्न नसक्ने गरी हिरिक्क हुने स्थिति पैदा हुन्छ ।

भिडियोमा देखिएका तस्विरहरुले के देखायो भने, सामान्य लक्षणहरु –खोकी र श्वास फेर्नको कठिनाई–ले मात्रै शरीरमा भाइरसको असरलाई देखाउन सक्दैन।

‘केही मानिसहरुमा त्यो क्षति फेरि पहिलेको अवस्थामा फर्काउनै नसकिने गरी हुन्छन् । यसले अमेरिकी जनताहरुमा सामाजिक दूरी र सेल्फआइसोलेसन जरुरी छ भन्ने कुराको महत्त्वबोध झनै बेसी गराउँछ,’ मोर्टम्यानले भनेका छन् ।

‘म चाहन्छु, जनताले यो हेरुन् र के गर्न सक्छु भनेर बुझुन्,’ मोर्टम्यान भन्छन्, ‘जनताले यसलाई गम्भीर रुपमा लिनु जरुरी छ ।’

अस्पतालले विशेषतः क्यान्सरको पहिचान गर्न र अपरेशनको योजना बनाउनको लागि सिटी इमेजिङ टेक्नोलोजीको प्रयोग गर्ने गर्छन् । कोरोनाभाइरसविरुद्ध लड्नको लागि अस्पतालले पहिलो पटक त्यो प्रविधिको उपयोग गरेको छ ।

‘हामीमध्ये धेरै, यो सवालमा अँध्यारोमा हिँडिरहेका छौँ,’ मोर्टम्यानले भन्का छन्, ‘त्यसकारण हामी यसलाई जति सक्दो बेसी बुझ्न चाहन्छौं । यो हाम्रो पहिलो बिरामी थियो तर म विश्वस्त छु, आगामी हप्ताहरुमा उनी जस्तै थुप्रै जना हुनेछन् ।’

(जर्ज वासिङ्टन युनिभर्सिटीको शोधमा आधारित)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार